२२ भाद्र २०८१, शनिबार | September 8, 2024

चोरीको आरोपमा गुजरातमा नेपाली युवकको कुटपिट गरी हत्या


0
Shares

एजेन्सी, ८ चैत्र । चोरी गरेको आरोपमा गुजरातमा नेपाली युवकको कुटपिट गरी हत्या गरिएको छ ।

गुजरातको खेडा जिल्लाको एउटा गाउँमा चोर भएको आशंकामा छत्तीसगढमा बस्दै आएका एक व्यक्तिलाई कुटपिट गरी हत्या गरिएको भारतीय समाचार एजेन्सी भाष्करले जनाएको छ । रामकेश्वर खेरवारलाई आइतबार राति भान्सोल गाउँमा एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार खेरवार मानिसहरूले आक्रमण गरेपछि घाइते भएका थिए र उनलाई एम्बुलेन्समा अहमदाबाद सिभिल अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । तर, केही शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको छ ।

महमदाबाद पुलिस स्टेशनमा मंगलबार अज्ञात व्यक्तिहरू विरुद्ध हत्या, दंगा, अवैध जमघट जस्ता धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिएको थियो।

प्रहरीका अनुसार पीडित युवक छत्तीसगढको बलरामपुर जिल्लाको वद्रफनगर निवासी र मजदुरी गर्दै आएका थिए । यस्तै एउटा घटना अहमदाबाद जिल्लाको जीवनपुरा गाउँमा भएको छ, जहाँ एक ३५ वर्षीय नेपाली नागरिकलाई चोर भएको आशंकामा भीडले कुटपिट गरेको छ ।

प्रतिक्रिया