१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सगरमाथा क्षेत्रमा हिमपातले ट्रेकिङ व्यवसायमा समस्या


March 21, 2023
0
Shares

काठमाडौं, ७ चैत्र । केही दिनयता वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लाहरुमा वर्षाले जनजीवन प्रभावित भएको छ । योसँगै चीसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ । ९ चैत्रसम्म देशको विभिन्न भागमा वर्षाको सम्भावना औल्याएको छ ।

देशका सबैजसो भू भागमा वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । एभरेष्ट क्षेत्रमा हिमपातले ट्रेकिङमा समस्या आएको खबरहरु सार्वजनिक भएका छन् । यो ट्रेकिङको उत्तम महिना हो । तर यही समयमा बढी वर्षा र हिमपातले व्यवसायमा समस्या परेको छ ।

वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न सूचना जारी गरेको छ ।-Photo Source: Travel Nepal

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया