२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चिनियाँ ठेकेदारले काम ढिलाई गर्दा यात्रामा सास्ती


0
Shares

काठमाडौं, ७ चैत्र । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बुटवल सडक विस्तार आयोजना निर्माणधीन छ । समयमै काम नसकिंदा ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले पटक पटक चेतावनी पाइसकेको छ । तर, उसले काम पूरा गर्ने म्याद लम्ब्याउन सफल भयो । तैपनि, कामले गति लिन सकेको छैन ।

काम ढिलो हुँदा नारायणगढबाट बुटवलसम्मको यात्रा कष्टकर बन्दै आएको छ । सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकास्थित रहेको डाइभर्सन र कावासोती नगरपालिका चालिस किलो स्थित डाइवर्सन नै बगाएको जानकारी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको छ ।

निर्माणाधीन बाटो हिलाम्मे हुँदा गाडीहरु फसेर डोजर लगाएर निकाल्नुपरेको दृश्य प्रहरीले सार्वजनिक गरेको छ ।

११३ किलोमिटर पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डलाई चार लेनको बनाउने गरी सन् २०१९ को सुरुमा चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार साँढे तीन वर्षभित्र सडक स्तरोन्नति पूरा गरिसक्नुपर्नेमा ४ वर्ष पूरा भइसक्दा २५ प्रतिशत काम पनि पूरा भएन ।

सडक विभागले २०२३ को अगष्ट ७ सम्म म्याद थप गरिसकेको छ । तर, कामले प्रगति हासिल नगर्दा यात्रुले सास्ती पाइरहेका छन् ।

हिउँद सकिएलगत्तै परेको पानीले समेत सडक यात्रा गर्न नसकिने भइसकेको छ । झन् आगामी वर्षायाम यात्रुका लागि निकै कष्टकर हुने संकेत देखिएको छ ।

 

प्रतिक्रिया