दाङको राप्ती बबई क्याम्पसमा स्ववियु चुनाव जारी

काठमाडौं, ७ चैत । विद्यार्थी संगठनको तालाबन्दीका कारण आइतबार हुने निर्वाचन स्थगित भएको दाङको राप्ती बबई क्याम्पस तुलसीपुरमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ ।
बिहान साढे ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन छ । सो क्याम्पसमा कुल २ हजार ४ सय ३३ विद्यार्थी मतदाता छन्।