११ कार्तिक २०८३, मंगलबार | October 27, 2026

आज घोडे जात्रा पर्व मनाइदै, उपत्यकामा सार्वजनिक बिदा


0
Shares

काठमाडौं, ७ चैत्र । सरकारले आज घोडे जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिएको छ । काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध घोडे जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । घोडे जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिँदै आएको छ ।

घोडा जात्राको मूल नाम पाहाँ चहे हो । पछिलो समय पाहाँ चहेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चहे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चहे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो ,यस पर्वको नाम पाहाँ चहे हो ! यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।

 

 

 

प्रतिक्रिया