१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेसले गर्यो ११ जना उम्मेदवार सिफारिस


0
Shares

काठमाडौं, ६ चैत्र । आगामी बैशाख १२ गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ११ जना उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं २ चितवनको बैठकले ११ जना उम्मेदवारको नाम सिफारिस गरेको हो । उमेश श्रेष्ठसहित जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जितनारायण श्रेष्ठ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइरालासहित ११ जना उम्मेदवार सिफारिस भएका छन् ।

साथै क्षेत्रिय कार्यसमितिको पदाधिकारी बैठकले विविध कारण कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुुवाको लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ । पुर्व जिल्ला सभापति विकास कोइराला, पुर्वसांसद जगन्नाथ पौडेललगायतका कार्यकर्ताको कारवाही फुकुवाका लागि अनुरोध गरी पठाउने पनि निर्णय गरेको स्रोतले जनाएको छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद नै खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया