२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पाँच डिआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं, ६ चैत्र । पाँच नायब महानिरिक्षक (डिआईजी)हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयको सिफारिसको आधारमा आज बसेको मन्त्रिपरिषदको बैठकले बढुवा गरेको हो ।

डिआईजीहरु बसन्तबहादुर कुँवर,टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुुवा भएका हुन् । आगामी चैत्र ११ गते प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाशमा जादैछन् । एआईजीमा बढुवा भएका ५ जना मध्ये एक जना प्रहरीको नेतृत्वमा पुग्नेछन् ।

नयाँ प्रहरीमहानिरीक्षक चयन हुनु १५ दिन अघि एआईजीमा बढुवा गर्न गृहमन्त्रालयले सिफारिस गरेको थियो ।

प्रतिक्रिया