१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रोजेको मन्त्रालय नपाएपछि खानेपानी मन्त्रीले दिए राजीनामा


0
Shares

काठमाडौं, १७ चैत्र । आफुले रोजेको मन्त्रालय नपाए भन्दै खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री खानले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

जमनतपार्टीले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएपनि ११ पुसमा बिना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।

हेर्नुहोस् राजीनामा पत्र :

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया