१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बैशाख १० गते हुने उपनिर्वाचनको लागि तनहुँ र बारामा २६ दल दर्ता


0
Shares

काठमाडौं, १७ चैत्र । निर्वाचन आयोगमा आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ–नंं. १ र बारा–२ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् ।

उपनिर्वाचनअन्तर्गत चितवन जिल्ला क्षेत्र नं. २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१२ बमोजिम निवेदन पेश हुन आएका २५ (पच्चीस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम एवम् राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ र राजनीतिक दलसम्बन्धी नियमावली,२०७४ को नियम १८ को उपनियम (२) सँग सम्बन्धित अनुसूची–१३ बमोजिम एकल निर्वाचन चिह्न लिई उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निवेदन पेश हुन आएका ३ (तीन) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (३) बमोजिम दर्ता गर्ने निर्णय भएको छ ।

दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम निर्वाचन चिह्न निर्धारण गरी उपनिर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया