सम्मानजनक सहभागिता नभए सरकार नजाने शेखर–गगन समुहको चेतावनी

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसको शेखर–गगन समुहले सम्मानजनक सहभागिता नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।
कोइराला पक्षबाट निर्वाचित भएका पदाधिकारीहरुमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेलगायतको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
शेखर–गगन पक्षले कांग्रेसले पाउने ८ मध्ये ३ मन्त्रालयले आफ्नो पक्षले पाउनुपर्ने अडान लिएको छ । सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने जनाएको छ ।