१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देश प्रचण्डपथमा, सत्ताको लगाम ओलीको हातमा


January 1, 2023
0
Shares

काठमाडौं, १७ पौष । देश गणतन्त्र, संघीयता र धर्मनीपेक्षताको राजनीतिक प्रणालीमा छ । यो प्रणालीको सूत्रधार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै हुन् ।

प्रचण्डकै अडानका कारण मिश्रित निर्वाचन प्रणाली लागू भयो । तर, प्रचण्डको शक्ति घट्दै गएको छ । उनको दल प्रतिनिधि सभामा ३२ सिटमा छन् । तैपनि, प्रधानमन्त्री बन्न सफल भए ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयकर्ता हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । अब सत्ताको लगाम ओलीकै हातमा हुने देखिएको छ ।

एमाले सत्ता गठबन्धनमा सबैभन्दा ठूलो शक्ति पनि हो । उसले राष्ट्रपति, सभामुख जस्ता महत्वपूर्ण पद दाबी गरेको छ । सात प्रदेशमा अधिकांश मुख्यमन्त्री एमालेकै हुने सम्भावना छ । यसरी सत्तामा ओलीकै हालीमुहाली हुने अवस्था निर्माण भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया