१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेको राजनीतिमा फर्कने तयारीमा राष्ट्रपति भण्डारी


December 12, 2022
0
Shares

काठमाडौं, २६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेश योजनावद्ध थिएन । उनका पति तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्युपछि सक्रिय राजनीतिमा फर्किइन् ।

भण्डारी लामो समय अखिल नेपाल महिला संघको अध्यक्ष भइन् । सरकारको मन्त्री बनिन् । एमालेभित्र केपी शर्मा ओली समूहमा रहिन् । कम्युनिस्टहरुको बहुमत आएपछि राष्ट्रपति निर्वाचित भइन् । अहिले परिस्थिति बदलिएको छ । कम्युनिस्टहरु अल्पमतमा छन् । उनलाई साथ दिदै आएको नेकपा एमाले पहिलो ठूलो दलबाट दोस्रो स्थानमा झरेको छ ।

राष्ट्रपति भण्डारी नयाँ संसदले नयाँ राष्ट्रपति चयन गरेपछि के गर्छिन् ? चासो बनेको छ । उनी एमालेको राजनीतिमा फर्कने चर्चा पनि छ । एमालेमा ओलीपछिको उत्तराधिकारीको खोजी चलिरहेको छ ।

यसपटक चुनावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन् । एमालेमा ओलीपछिको नेतृत्वमा आउने सम्भावित मानिएका उनी पराजयसँग कमजोर भएका छन् । अबको सम्भावित भनेका सुवास नेम्वाङ र विष्णु पौडेल हुन् । तर, उनीहरुलाई पनि एमालेभित्र प्रभावशाली नेताका रुपमा खासै मानिएको छैन ।

अब एमालेको राजनीतिमा ओलीको उत्तराधिकारीमा विद्या भण्डारी आउने सम्भावना देखिएको छ । उनले एपीवान टेलिभिजनको अन्तवार्तामा सक्रिय राजनीतिमा फर्कनसक्ने संकेत गरेकी हुन् । सक्रियता देखाउने भनिएकीले उनको ध्यान राजनीतिमै देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया