१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आणविक युद्धको खतरा बढ्यो


December 8, 2022
0
Shares



एजेन्सी, २२ मंसिर । विश्वमा आणविक युद्धको खतरा बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढेको बताएसँगै नयाँ त्रास उत्पन्न भएको छ । रुसको मानवअधिकार परिषदको वार्षिक बैठकलाई सम्बोधन गर्दै पुटिनले युद्धको खतरा बढेको औल्याएका हुन् ।

पुटिनले रुसले सुरुमा आणविक हतियार प्रयोग नगर्ने प्रष्ट पारे । तर, आक्रमण भएमा आणविक प्रत्याक्रमले हुने चेतावनी दिए ।
युक्रेन युद्ध निकै लामो हुनसक्ने पुटिनको भनाई थियो । अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेन युद्ध रोक्न शर्तसहित पुटिनसँग भेट्ने अभिव्यक्ति दिएको केही दिनमै पछिल्लो भनाई सार्वजनिक भएको हो ।

युक्रेन युद्धले अमेरिका र रुसबीच टकराव बढ्दै जाँदा आणविक युद्धको खतराबारे चर्चा परिचर्चा हुँदै आएको छ । रुस विश्वको सबैभन्दा आणविक शक्ति सम्पन्न देश हो । त्यसपछि अमेरिकासँग बढी आणविक हतियार रहेको रिपोर्टहरु सार्वजनिक हुँदै आएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया