३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रतिनिधि सभामा कस्को कति सिट (संख्यासहित)


December 7, 2022
0
Shares

काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभामा दलहरुको कुल सिट संख्याको टुंगो लागेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि दलहरुको कुल सिटको टुंगो लागेको छ । नेपाली काँग्रेस प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेर समानुपातिकतर्फ दोस्रो भई संसदमा ठूलो दल बनेको छ ।

काँग्रेसको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सिट छ । उसले प्रत्यक्षतर्फ अघिल्लो चुनावमा भन्दा दोब्बर बढी सिट जितेको छ ।

नेकपा एमाले प्रत्यक्षतर्फ दोस्रो र समानुपातिकतर्फ पहिलो बनेर दोस्रो ठूलो दल बन्न सफल भएको छ । उसको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी कुल ७८ सिट छ ।

माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौं, जनता समाजवादी पार्टी छैठौं ठूलो दल बनेको छ । १० सिट प्रत्यक्षतर्फ जितेपनि नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय दल बन्न असफल भएको छ ।

समानुपातिकतर्फ अघिल्लो चुनावको तुलनामा काँग्रेस, एमाले र माओवादी तीनवटै दलले कम सिट जितेका छन् ।

कस्को कति सिट
काँग्रेस- ५७ र ३२ गरी ८९
एमाले- ४४ र ३४ गरी ७८
माओवादी- १८ र १४ गरी ३२
रास्वपा- ७ र १३ गरी २०
राप्रपा- ७ र ७ गरी १४
जसपा- ७ र ५ गरी १२
नेकपा एस- १०
जनमत पार्टी-१ र ५ गरी ६
लोसपा- ४
नागरिक उन्मुक्ति- ३
राष्ट्रिय जनमोर्चा- १
नेमकिपा- १
स्वतन्त्र- ५

प्रतिक्रिया