१२ श्रावण २०८१, शनिबार | July 27, 2024

स्पेनलाई स्तब्ध पार्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा


December 7, 2022
0
Shares

एजेन्सी, २१ मंसिर । मोरक्कोले विश्वकप जितिसकेको स्पेनलाई स्तब्ध पारेर कतार विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गएराति भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा मोरक्को विजयी भएको हो ।

मोरक्कोले निर्धारित ९० र अतिरिक्त ३० मिनेटसम्म स्पेनलाई रोक्यो । पेनाल्टी सुटआउटमा स्पेनका तीन खेलाडीले गोल गर्न सकेनन् । मोरक्कोको एक खेलाडी मात्र गोल गर्नबाट चुके । सुटआउटमा मोरक्को ३-० ले विजयी भयो ।

मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग प्रतिष्पर्धा गर्नेछ । अफ्रिकी टोली मोरक्कोको यो अहिलेसम्मकै उत्कृष्ट विश्वकप यात्रा बनेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया