विश्व नम्बर दुई फुटबल राष्ट्र बेल्जियममाथि मोरक्कोको सानदार जीत

एजेन्सी, १२ मंसिर । फिफा वरियतामा दोस्रो नम्बरमा रहेको बेल्जियम मोरक्कोसँग पराजित भएको छ । कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले सानदार प्रदर्शन गर्दै बेल्जियमलाई २-० ले पराजित गरेको हो ।
विश्वकप फुटबलमा बलिया टोलीमाथि कमजोर मानिएका टोलीहरुले जीत हासिल गरिरहँदा मोरक्कोले ११ मंसिरको रातिको खेलमा रोचक जीत निकालेको हो ।
यसअघि अर्जेन्टिनामाथि साउदी अरब र जर्मनीमाथि जापानले ऐतिहासिलक जित निकालिसकेका छन् ।