४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भूपेन्द्र भण्डारीको दूरसञ्चार प्राधिकरण अध्यक्षमा नियुक्तिविरुद्ध मुद्दा दायर


February 28, 2024
1.8k
Shares

काठमाडौं, १६ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीको नियुक्ति बदरको माग गर्दै मुद्दा दायर भएको छ । उच्च अदालत पाटनमा रामदेव यादवले मंगलबार मुद्दा दायर गरेका हुन् ।

भण्डारीको नियुक्ति अवैधानिक र नीतिसंगत नभएको भन्दै मुद्दा दायर भएको हो । मुद्दामा भण्डारीका अलावा नेपाल सरकार मन्त्रिपरिषद्, सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरणलगायतलाई विपक्षी बनाइएको छ ।

भण्डारीलाई नियुक्त गर्न नियावली नै परिवर्तन गरिएको थियो । एनसेलको कर छलीसमेत नियमन गर्नुपर्ने निकायमा एनसेलकै पूर्व कर्मचारी नियुक्त हुनुले प्रश्न उठाएको छ ।

भण्डारी एनसेल कर छली प्रकरणको चलखेलका लागि विज्ञका रुपमा सञ्चार मन्त्रालय प्रवेश गरेका थिए । त्यहाँबाट सेटिङ गरी प्राधिकरण अध्यक्षमा नियुक्तिको मार्ग खोले । उनको नियुक्तिले एनसेल कर छली सामसुम पार्ने खेलहरु चल्ने देखिएको छ । यो प्रकरणमा दशौं अर्बको कर छली भएको छर्लंग छ ।

प्रतिक्रिया