६ आश्विन २०८१, आइतबार | September 23, 2024

कालजयी गीत गुञ्जाएर बिदा भए भक्तराज आचार्य


February 26, 2024
2k
Shares

काठमाडौं, १४ फागुन । भजनशिरोमणि भक्तराज आचार्यको निधन भएको छ । उनको सोमबार ललितपुरमा निधन भएको हो ।

८२ वर्षीय आचार्य २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि गाउन नसक्ने भएका थिए । उनको स्वर र सुर हराएको थियो ४८ वर्षमै । त्यतिञ्जेलसम्म उनले ४ सय गीत, गजल, भजन गाइसकेका थिए ।

मुटु जलिरहेछ, हजार सपनाहरु को माया, जति चोट दिन्छौ देउ मायालुलगायत कालजयी गीत लोकप्रीय छन् । तन मन वचनले जस्ता भजन सदावहार हुन् ।

१९९९ मा धनकुटामा जन्मिएका भक्तराज लामो समययता ललितपुरमा बस्दै आए । आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुप आचार्य पनि गायक हुन् । उनकी श्रीमती र दुई नाति पनि छन् ।

प्रतिक्रिया