७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

प्रचण्डको छलछाम


February 23, 2024
249
Shares

काठमाडौं, ११ फागुन । ३२ सिटको तेस्रो दल भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्न सफलता सजिलै बनाएका होइनन् । यसमा उनको चार्तुयता देखि छलछाम पनि रहेको छ ।

प्रचण्ड गठबन्धन दलभित्रको भद्र सहमति अनुसार अझै १० महिना प्रधानमन्त्री बन्नेछन् । तर, उनले फेरि अर्को रणनीति बनाएर पदमा रहिरहन सक्छन् । शेरबहादुर देउवाको साथ नपाउनेभएपछि केपी शर्मासँग बालकोट पुगेका हात मिलाएका प्रचण्डले दुई महिनामै देउवासँग फेरि हात मिलाए । अहिले फेरि ओलीसँग हिमचिम बढाएका छन् ।

सरकारबाट हुने नियुक्तिमा पनि उनले छलछाम गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा खुल्ला प्रतिष्पर्धा भन्दै सबै पक्षको सुझाव मागे । तर, उनले खाट्टी माओवादी प्राध्यापक केशरजङ्ग बराललाई नियुक्त गरे ।

बरालसँग प्रतिष्पर्धाका लागि जो जो गैरमाओवादी आए तिनलाई पहिलो चरणको छनोटमै बाहिर पारियो । अन्तमा पार्टीभित्र जो जो बरालबाहेकलाई समर्थन गर्न निस्किए तिनको उम्मेदवार ठानेर प्रचण्डले भेउ पाए । उनले पहिल्यै बराललाई नियुक्त गर्ने योजना बुनेका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणमा पनि प्रचण्डले एनसेलका पूर्वसल्लाहकार भूपेन्द्र भण्डारीलाई नियुक्त गराए । यसमा निकै हतार हतार काम बढाइएको थियो । एनसेल कर छली प्रकरणलाई सामसुम पार्न भण्डारीलाई ल्याइएको थियो ।

भण्डारी एनसेलसँग जोडिएका कम्पनीमा आवद्ध थिए । उनी बुरुण्डीमा समेत एनसेलसँग जोडिएको समूहसँग काम गरेर फर्किएका थिए । एनसेल प्रकरण सफल बनाउनै भूपेन्द्र सञ्चार मन्त्रालयको विज्ञ सल्लाहकार बनेर पसेका थिए ।
प्रचण्डको अर्को प्रयास संवैधानिक नियुक्तिको अदालतबाट खारेजी र आफ्ना मान्छेको नियुक्ति रहेको छ । यसमा पनि सफल भएमा उनले राज्य संयन्त्रमा बलियो पकड बनाउने अवस्था बन्न सक्छ ।

प्रतिक्रिया