२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गोदावरीमा चल्यो हिन्दूराष्ट्र पक्षधर काँग्रेस महासमिति सदस्यहरुको हस्ताक्षर संकलन


February 19, 2024
830
Shares

काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसमा हिन्दूराष्ट्रको अभियान बलियो हुँदै गएको छ । काँग्रेसको जारी महासमिति बैठकको सभाहल बाहिर हिन्दूराष्ट्र अभियानमा हस्ताक्षर संकलन चलाइएको छ ।

पहिलो दिनमै ४५० महासमिति सदस्यहरुले हस्ताक्षर गरिसकेका छन् । महासमिति सदस्य लोकेश ढकालले हस्ताक्षर अभियान बैठक अवधिभर संचालन गरेर महासमिति बैठकमा प्रस्तावका रुपमा पेश गरिने जानकारी दिए ।

हिन्दूराष्ट्र अभियानमा महासमिति सदस्यहरुले स्वतस्फुर्त रुपमा उत्साहपूर्वक प्रस्ताव हस्ताक्षर गरेको ढकालको भनाई छ ।

यसअघि २२ केन्द्रीय सदस्यहरुले हिन्दूराष्ट्र अभियानमा हस्ताक्षर गरेर पूरक प्रस्तावका रुपमा महासमितिमा पेश गर्ने प्रस्तावमा लैजाने गरी कार्य थालेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटनकै दिन संविधान संशोधन गर्नुपर्ने विषय राखे । यसलाई संविधानमा धर्मनीरपेक्षता हटाउने देउवाको चाहनाका रुपमा लिइएको छ ।

प्रतिक्रिया