३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मुम्बईमा रामेछापका सुरेश थापाको शव यसकारण उठ्न सकेन


February 13, 2024
664
Shares

काठमाडौं, १ फागुन। भारतको मुम्बईमा निधन भएका रामेछापका सुरेश थापाको आफन्तको पहिचान हुन नसक्दा शव उठ्न सकेको छैन । ६१ वर्षीय थापाको आफन्तको पहिचानको प्रयास भइरहेको जनाइएको छ ।

हृदयाघातका कारण निधन भएका थापाको शव २९ माघबाट मुम्बई स्थित जेजे अस्पतालमा राखिएको नेपाली कामगार सेना भारतका अध्यक्ष राज ठाकुर (मास्टर थापा) ले जानकारी दिए ।

थापाकी श्रीमतीको ६ महिना अघि निधन भएको थियो । सन्तान कोही नभएका थापाको नेपालको घर रामेछाप भन्नेसम्म मात्र खुलेको छ । रामेछापको कुन ठाउँमा घर हो भन्ने पनि खुल्न सकेको छैन ।

आफन्त कोही सम्पर्कमा नआएको कारण शव अस्पतालमा नै राखिएको ठाकुरले जानकारी दिए । आफन्तलाई सम्पर्कमा आई उहाँको शव बुझ्न तथा उहाँको सम्पत्ति समेत देखिएकोले त्यसको संरक्षणको लागि आउन नेपाली कामगार सेना भारतले अनुरोध गरेको छ । ठाकुरको मोबाइल न‌ं ९८९२३४७००८ मा सम्पर्क गरी आफन्तको पहिचानमा सहयोग गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया