३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कतारमा फाँसीको सजाय पाएका भारतका पूर्व नौसैनिकहरु यसकारण फिर्ता


February 12, 2024
2.3k
Shares

एजेन्सी, २९ माघ । कतारमा फाँसीको सजाय पाएका भारतका पूर्व नौसैनिकहरुलाई कतारले उनीहरुकै देश फिर्ता पठाएको छ । भारतले कूटनीतिक पहल गरी उनीहरुको मृत्युदण्डको सजाय कार्यान्वयन हुन दिएको थिएन ।
भारतले अन्तमा उनीहरुलाई आफ्नै देश फर्काउने परिस्थिति बनाउन सक्यो । उनीहरुमाथि गम्भीर आरोप थियो ।

फाँसीको सजाय रोकेर आफ्नै देश फर्कन पाएका ८ जना पूर्व नौसैनिकले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा गरेका छन् ।

यो घटनाले देश बलियो हुँदा आफ्ना नागरिकको रक्षा गर्न सामथ्र्य राख्छ भन्ने सन्देश गएको छ । भारत मोदीको शासनकालमा आर्थिक र सैन्य हिसाबले शक्तिशाली बनेको छ । यसले उसको बाह्य सँसारमा दबाब राख्ने क्षमता पनि बढेको छ ।

प्रतिक्रिया