अमेरिका–भारत–चीनको त्रिकोणात्मक सम्बन्धले प्रभावित विश्व
विपिन देव: के वर्तमान दशक इतिहासकै खतरनाक हो । सँसारको ख्यातिप्राप्त शोध संस्था एसिया सोसाइटीको एउटा छलफलमा त्यस्तो तर्क आएको छ । भर्खरै वासींगटन डीसीमा सो शोधसंस्थानले विश्वको पेचीलो मुद्दाहरूमा व्यापक विमर्शको थालनी गरेको छ । एसिया सोसाइइटीका पूर्व अध्यक्ष अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्री समेत भएका केभीन रुडले विषय सूची प्रस्तुत गर्दै वर्तमान दशकलाई इतिहासको सबभन्दा खतरनाक दशकको रूपमा समिक्षा गरेका हुन् । अक्सफोर्ड विश्वविद्यालयबाट चिनियाँ राष्ट्रपति सी चिनफिङको कम्युनिष्ट दस्तावेजको विषयमा विद्यावारिधी गरेका केभिन रुडले एक गहकिलो पुस्तक “एभोयाडेबल बार” समेत प्रकाशित गरेका छन् ।
वर्तमान विश्व व्यवस्थामा राष्ट्रपति सीको नीतिले गर्दा कूटनीति उथल पुथल भएको उनको तर्क रहेको छ । अर्थात्, वर्तमान विश्व व्यवस्थालाई राष्ट्रपति सीको नीतिले गर्दा संसारमा तनाव बढिरहेको उनको जिकिर रहेको छ । चीनको बुल्फ वारियर डिपलोम्यासीले गर्दा चीनको मित्रहरूको संख्या भन्दा शत्रुको संख्या अधिक भएको कुरा उनले दाबी गरेका छन् । चिनियाँ सामरिक नीतिले गर्दा पूर्वीय चीन सागर र दक्षिण चीन सागर तनाव क्षेत्रमा परिणत भएको छ । चीनको दक्षिण चीन सागरको नीतिले गर्दा अष्ट्रेलीया, जापान, फिलिपिन्स लगायत आशियानका राष्ट्रहरू समेत चुनौती बेहोरिरहेका छन् । उनीहरुले आफ्नो सैनिक खर्चमा बढोत्तरी गरेका छन् । चिनियाँ नीतिले गर्दा भियतनामले समेत भारतबाट व्रहमोस क्षेप्यास्त्र खरीद गर्दै आफ्नो सुरक्षा प्रति सचेत भएका छन् । कोरनाको कहरको साथ(साथै चिनियाँ अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
२० प्रतिशत व्यापारमा हिस्सा भएका रियल स्टेट तरल अवस्थामा देखिएको छ । राष्ट्रपति सीको नीतिले गर्दा निवेशमा कमी भइरहेको छ । साथ-साथै चीनको अमेरिका र भारतसंगको तनावले गर्दा समेत विश्व व्यवस्थामा प्रतिकुल असर भइरहेको अवस्था छ । चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति वाइडेन विच संवाद कम हुनु जस्ता परिघटनाले समेत तनाव बढिरहेको कुरा जानकारहरूको बुझाई रहेको छ । सन् २०२२ को बाली समिटमा राष्ट्रपति वाइडेन र सी विच वार्ताले केही सकारात्मक संदेश दिए तापनि अमेरिकामा भएको वैलुन प्रकरणले चीन(अमेरिकी सम्बन्ध तनाव ग्रस्त भएको थियो । अमेरिकी आकाशमा चिनियाँ बेलुनलाई अमेरिकी सैनिकले ध्वस्त गर्दै चीनले जासुसी गरिरहेको कुरा प्रति अमेरिकाले आपत्ति जनाएको थियो ।
बेलुन घटना लगतै अमेरिकी सेमेट्ररी ऑफ स्टेट विलेकनले आफ्नो चीनिया भम्रणलाई रद्द गरेर कूटनीतिक जवाफ दिएका थिएका थिए । संवादहिनताको कारण ले गर्दा चीन र अमेरिकाबीच हिन्दमहासागर लगायत विश्वका विभिन्न चेक प्वाइन्टमा सैनिक भिडन्त हुने खतरा देखिन्थ्यो । यी परिवेशमा चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपति वाइडेनबीच सनफ्रान्सीकोको वार्ताले केही आशाका किरणहरू जागृत गरेका छन् । तर चिनियाँ कूटनीति प्रति अमेरिका सदैव सशंकित देखिन्छ । चीन र रसियाको गठजोडले गर्दा रसिया, यूक्रेन युद्ध अमेरिका लगायत यूरोपको लागि कठिन भएको कुरा जानकारहरूको बुझाई रहेको छ । अमेरिकी अर्थनीतिका जानकार रुचीर शर्माले आफ्ना पुस्तक “पोष्ट चाइना डे”मा चीनले विश्वको हरेक ठाउ‘मा अमेरिकी नेतृत्वलाई चूनौती दिनु हो । वर्तमान परिवेशमा रसीया-यूक्रेन युद्ध र इजरायल हमास भिडन्त संसारको लागि सबभन्दा पिडादायी घटना रहेको छ । मध्य एसियामा चीनलाई पर्दा पछाडिको खेलाडी मानिन्छ । मध्य एसियामा इरान र इराकबीचको युद्धदेखि नै अमेरिकी सक्रियता बढेको थियो । एक किसिमले मध्य एसियाको हरेक समीकरण र गठजोडमा अमेरिकी कूटनीतिको सक्रियता देखिन्थ्यो । यही पृष्ठभूमीमा मध्य एसियामा अमेरिकी अगुवाईमा आए.टु.यू.टु.को समीकरण अगाडि बढेको थियो ।
आए.टु.यू.टु. भन्नाले अमेरिका, भारत, यू.एई.ई र इजरायल बुझिन्छ । चीनिया राष्ट्रपति सी आए.टु.र यु.टु.लाई निस्तेज गर्न इरान र साउदी अरेबीयाका राष्ट्र प्रमुखलाई चीनमा निमन्त्रणा गर्दै इरान र साउदी अरबेयीलाई नजीक ल्याउन भागिरथ गरेका थिए । साउदी अरेबियालाई अमेरिकाले हरेक कूटनीतिक मोर्चामा इरान विरोध प्रयोग गरेको देखिन्छ । इरान र अमेरिकीको कटुता र शत्रुताको कारणले गर्दा इजरायल र इरानबीच दुरी दिन प्रतिदिन बढिरहेको छ । यस्तो प्रतिकुल अवस्थामा मध्य एसियामा इजरायल हमासको भिडन्तमा इरानको सक्रियतामा चीनको सदभाव रहेको कुरा समेत जानकारहरूको बुझाई रहेको छ । रसियालाई यथेष्ठ सामरिक सहयोग गर्नु र इरानलाई नजीक ल्याउनु जस्ता परिघटनाले चीनले अमेरिकी सार्मथ्यलाई चूनौती दिएको छ । अब संसारको सबभन्दा हट स्पटको रूपमा ताइवान रहेको छ । ताइवानमा जनवरीमा चुनाव सम्पन्न भएको छ । ताइवानलाई प्रजातन्त्रको प्रयोगशालाको रूपमा लिइन्छ । ताइवानका जनताले डि.पि.पि.लाई (राजनैतिक दल) लाई सरकार बनाउने आदेश दिएको छ ।
डी.पी.पी.को चुनावी नारा नै चिनियाँ विरोध रहेको छ । अर्थात् ताइवानमा प्रजातन्त्र, खुला समाज र स्वतन्त्र राष्ट्रको पक्षमा डि.पि.पी.रहेको छ । राष्ट्रपति सी को विरोधमा नै डी.पि.पी.को चुनाबी घोषणा पत्र रहेको थियो । पश्चिमा संचार गृहले ताइवानको डि.पि.पी. पार्टीको सर्मथन गरेका थिए । चीनिया कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले चीनले आउने दिनमा ताइवानलाई चीनमा एकीकरण गर्ने उद्घोष गरेका छन् । अमेरिकी काङ्ग्रेसले ताइवान रिलेसन एक्ट पारित गरेर एक किसिमले ताइवानलाई स्वायत्तता प्रदान गरेको छ । सत्तरीको दशकमा हेनरी किसिनजर र मिक्सनले सोभियत रुसलाई विघटन गराउन रणनीति बनाइरहेको अवस्थामा “एक चीन” नीतिलाई समेत अमेरिकाले सर्मथन गरेका थिए । ताइवानलाई चीनले शक्ति प्रयोग गरेको खण्डमा चीनिया नागरिकले नै चीनिया नागरीकलाई काटमार गर्ने हुन्छ । साथ-साथै विश्व संचार र प्रविधिमा ५० प्रतिशत चिप्स उत्पादन गर्ने ताइवान नै भएकोले गर्दा उक्त घटनाबाट सारा विश्व व्यापार नै प्रभावित हुने जानकारहरूको बुझाई रहेको छ ।
वर्तमान विश्व परिवेशमा चीन–भारत–अमेरिकाको त्रिकोणात्मक सम्बन्धले समेत विश्व कूटनीतिलाई प्रभावित गरिरहेको छ । सन् २०२० देखि नै गलवालन लगायत तवाग क्षेत्रमा १७ हजार फिटमा भारतीय सैनिक र चीनिया सैनिक ६० हजार भन्दा अधिक संख्यामा आमने सामने रहेको छ । भारत–चीन संवाद हिनताको अवस्थामा गएको छ । १६ पटक भन्दा पनि अधिक कमाण्डर स्तरका संवादले समस्यालाई समाधान तर्फ उन्मुख गराएको छैन । चिनियाँ रणनीतिलाई सुक्ष्म विश्लेषण गर्दै आफ्नो पुस्तक “एसिया एण्ड जी ओ पोल्टीक्स”मा शिवशंकर मेननले राष्ट्रपति सी ले चिनियाँ राष्ट्रवादलाई आक्रामक बनाउन र कम्युनिष्ट पार्टीमा आफ्नो दबाबलाई बलियो बनाउन भारतलाई दबाबमा राख्न खोजेको हो भने जिकिर गरेका छन् । सन् १९६२ मा भारत चीन युद्धको पछाडि चिनियाँ घरेलु रणनीति रहेको कुरा उनको जिकिर रहेको छ । सन् १०१७ देखि डोकलमा हु‘दै सन् २०२४ सम्म चीन भारतको द्वन्दले गर्दा हिमाली क्षेत्र वाहेक हिन्दमहासागरीय क्षेत्र पनि आक्रान्त रहेको देखिन्छ । अर्थात् विश्वमा तनाव शिथिलिकरणको लागि अमेरिका–भारत–चीन बीचको त्रिकोणत्मक सम्बन्ध सुधार हुनु टड्कारो आवश्यक देखिन्छ ।