१० बैशाख २०८३, बिहिबार | April 23, 2026

सर्वोच्चको कारण देखाउ आदेश: महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल नियुक्ति विवादमा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा। नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरिएको दाबी सहित परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशको मागबारे छलफलका लागि आगामी बिहीबार दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ।

अधिवक्ता माधव बस्नेत, शिवराज बराल लगायतले दायर गरेको रिटमा कँडेलसँग निरन्तर १५ वर्ष वकालत गरेको आवश्यक योग्यता नपुगेको दाबी गरिएको छ। यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न नमानेका यी रिटहरू अदालतकै आदेशबाट दर्ता भएका हुन्।

रिटमा कँडेल लामो समय बेलायतमा व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै उनलाई पदमुक्त गर्न माग गरिएको छ। अब अदालतको आगामी सुनुवाइले यस विवादमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया