७ आश्विन २०८१, सोमबार | September 23, 2024

क्रिकेटमा अपार सम्भावना, प्रभावशाली बन्दैछ नेपाल


January 27, 2024
913
Shares

काठमाडौं, १३ माघ । नेपालले क्रिकेट क्षेत्रमा फड्को मार्दै गएको छ । क्रिकेटमा नेपालले द्रुत गतिमा गरेको प्रगतिले विश्व क्रिकेट क्षेत्रले चासो बढाएको छ ।

नेपालले सन् २०१४ मा क्रिकेटको टी ट्वेन्टी विश्वकप खेलिसकेको छ । यू १९ विश्वकप समेत खेलिरहेको छ नेपाल । इतिहास रच्दै सुपर सिक्समा स्थान बनाएको छ ।

नेपाल सन् २०२४ मा हुनगइरहेको टी ट्वेन्टी विश्वपकमा पनि छनोट भइसकेको छ ।

नेपालमा क्रिकेटको क्रेज यति बढेको छ कि दर्शकले भरिभराउ हुन्छ स्टेडियम । क्रिकेट हेर्ने दर्शक पनि बढेका छन् ।

क्रिकेट खेलाडीको क्रेज पनि बढेको छ । नेपाली क्रिकेट टोलीका खेलाडीहरु विदेशी लिगहरुमा समेत खेल्न थालेका छन् । सन्दीप लामिछानेले त विश्वकै क्रिकेट खेलाडीहरुको सपना मानिएको आइपिएल खेले । उनी नेपालको इतिहासमै खेलेर सबैभन्दा बढी धन आर्जन गर्नेमा पर्छन् ।

क्रिकेटमा अपार सम्भावना पनि देखिएको छ । आइपिएल छिमेकी भारतमा हुने भएकाले पनि सम्भावना झन् बढेको हो । आइपिएलमा नेपालका बढीभन्दा बढी खेलाडीले स्थान बनाउन सके निकै लाभ हुन सक्छ ।
क्रिकेटमा प्रायोजन गर्नेहरु पनि बढेका छन् । यसले पनि सम्भावना फराकिलो पारेको छ ।

खेलमा अनावश्यक राजनीतिकरण बन्द हुने हो भने क्रिकेटमा अझ बढी प्रगति हुनसक्छ । अर्कोतर्फ, यो खेलमा अझ बढी लगानीको जरुरी छ । देशलाई आर्थिक रुपमा लाभ दिनसक्ने खेल पनि भएकाले क्रिकेटमा भविष्य देखिन्छ ।

क्रिकेटले देशलाई नाम र दाम दुवै दिनसक्छ । यसकारण पनि यसलाई महत्व दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया