५ आश्विन २०८१, शनिबार | September 22, 2024

भिड नियन्त्रणमा घातक हतियार प्रयोगबिरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ


January 18, 2024
13.1k
Shares

काठमाडौं, ४ माघ । काठमाडौंको बालकुमारी र सर्लाहीको बरहथवामा प्रहरीको गोली प्रहारबाट निर्दोष नागरिकको मृत्यु भएपछि सर्वोच्चमा दायर रिटको आज सुनुवाई भएको छ । सुनुवाईपश्चात अदालतले सरकारसँग लिखित जवाफ मागेको हो ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार भिड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग प्रतिबन्ध गर्न माग गर्दै रिट दर्ता गरेका हुन् ।

यो रिट निबेदनको टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राण घातक हतियारको प्रयोग नगर्नु÷नगराउनु भनी आन्तरिम आदेश जारी गर्न माघ ३ गते (बुधवार) रिट दर्ता गरिएको हो ।

‘निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एवं जीवन अपहरणमा संलग्न जोकोहीलाई नेतृत्वको जिम्मेवारी अन्तर्गत गैरकानुनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्ने कार्यलाई फौजदारी हिस्सेदार तुल्याउँदै ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्नेछ,’ रिटमा भनिएको छ, ‘कानुन कार्यान्वयनका लागि बसेका समूहद्वारा पालना गर्नुपर्ने न्यूनतम सिद्धान्तलाई कार्यान्वयन गर्न आवश्यक कानुनी बन्दोबन्त गर्नुपर्ने देखिन्छ।’

प्रहरीहरुलाई आत्मसुरक्षाको साधनको अभावले पनि अत्यधिक बलको प्रयोग हुने गरेकोले प्रहरीहरुलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एवं बुलेट प्रुफ निरन्तर आपूर्तिको व्यवस्था मिलाउन आदेशको माग रिटमा गरिएको छ।

प्रतिक्रिया