७ आश्विन २०८१, सोमबार | September 23, 2024

माघे संक्रान्ति यसकारण छ महत्व


January 15, 2024
332
Shares

काठमाडौं, १ माघ । माघे संक्रान्ति देशभित्र र बाहिर मनाइँदैछ । हिन्दूहरुले मकर संक्रान्ति, माघी आदि उपमा दिएर यो पर्व मनाउने गरेका छन् ।

देशका प्रमुख नदीहरुमा स्नान, जप, तप, ध्यान, साधना, दान आदि गरिन्छ । विशेषगरी देवघाट, रिडी, इन्द्रावती, त्रिवेणी, कालीगण्डकी, त्रिशुलीलगायतका स्थानमा मेला लाग्ने गर्दछ । देवघाटमा लाखौं मानिसहरु पुगेर स्थान गर्दछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन पनि हो मकर संक्रान्ति । आजबाट सूर्य उत्तरायण हुने भएकाले रात छोटो हुँदै जान्छ ।

माघे संक्रान्तिमा घीऊ, चाकु, तरुल, तिलको सामाग्री, आदि खाने गरिन्छ । यसको स्वास्थ्यका दृष्टिले निकै महत्व रहेको छ ।

तराईमा नहान पर्वका रुपमा मनाइन्छ । थारु समुदायले माघीको नामले मनाउने गर्दछन् । माघीको थारु समुदायमा विशेष महत्व छ ।

भारतमा पनि मकर संक्रान्तिका रुपमा हिन्दूहरुले मनाउने गर्दछन् ।

प्रतिक्रिया