२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बिनोद चौधरी संकटको भूमरीमा


January 9, 2024
9.3k
Shares

काठमाडौं, २४ पुस । नेपालका एकमात्र डलर अर्बपति बिनौद चौधरी एकपछि अर्को संकटमा फस्दै गएका छन् । उनले सञ्चालन गरेका विभिन्न व्यवसायले कर छली देखि देशको रकम विदेश पुर्याइरहेको खुल्दै गइरहेको छ । अन्य व्यापारमा समस्या आउन थालेपछि उनी टेलिकम क्षेत्रमा हात हाल्न चाहन्थे जुन असफल भएको छ ।

नेपाल दूरसञ्चा प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिको नविकरण नभएपछि स्वतः रद्द गरिदिएको छ । सिजी कम्युनिकेशनमार्फत् चीनसँग मिलेर टर्कीको लगानी भित्राउने उनको प्रयास असफल भएको छ ।

चौधरीको विदेशमा रहेको व्यवसाय पनि समस्यामा पर्दै गएको छ । भारतमा त कर छलीमा छानबिनमा परेको छ ।

बिनौद चौधरीका छोरा निर्वाण चौधरी पछिल्लो समय निकै चीनतर्फ दौडधूप नगरी नयाँ लगानी भित्राउन खोजेका थिए । त्यो सफल नभएपछि उनी पुनः भारतका व्यवसायीसँग हिमचिम बढाउन गतिविधि गरिरहेका छन् । काठमाडौंमा सेमिनार पनि गरेका छन् ।

त्यसै पनि चौधरीको विदेशमा रहेको सम्पत्तिको विषयमा विवाद उठ्दै आएको छ । उनले विदेशमा कम्पनी खडा गरी देशको धन नबिल बैंकमार्फत् लगिरहेका छन् । त्यहाँ विगतमा रहेको धन पनि पूर्वराजा वीरेन्द्र शाहको थियो भन्ने तथ्यहरु खुल्दै गएको छ ।

चौधरीले पूर्वराजा वीरेन्द्र शाहसँग विशेष सम्बन्ध राखेका थिए । त्यसबाहेक पञ्चायतकालमा शक्तिमा आउने कतिपयको समेत धनको व्यवस्थापन उनैले गर्दथे । तर, चौधरीका कतिपय चालहरु खुल्दै गएपछि उनी समस्यामा पर्दै गएका छन् । उनी निकै संकटमा पर्दै गएका छन् ।

प्रतिक्रिया