४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कुनैबेलाका डलर अर्बपति गोयल अदालतमा क्वाँ क्वाँ, जेलमै मर्ने इच्छा


January 7, 2024
9k
Shares

एजेन्सी, २२ पुस । कुनैबेला नरेश गोयलको शान र मान उत्तिकै थियो । विश्वकै धनी संस्थामध्येको जेट एयरवेजको संस्थापक थिए उनी । सन् २००५ मा फोर्बसको धनाढ्यको सूचीमा भारतभरबाट १६औं स्थानमा परेका थिए । त्यतिबेला उनको सम्पत्ति झण्डै २ अर्ब डलर थियो ।

कठिन बाल्यकालबाट पञ्जाबमा हुर्किएका गोयलले विभिन्न देशको एयरलाइन्समा काम गरे । पछि भारतमा जेट एयरलाइन्स सञ्चालनमा ल्याए । सन् २०१९ मा जेट एयरवेज संकटमा परेपछि गोयलले जिम्मेवारी त्यागे । संकटले गोयललाई पनि घेर्दै लग्यो ।

मनी लन्ड्रिङमा पक्राउ परेका छन् ७४ वर्षीय गोयल । उनी शनिबार भारतको विशेष अदालतमा ल्याइँदा रुन थाले । आफू बाहिर जिउँदो बस्न नसक्ने बरु जेलमै मर्ने भन्दै न्यायाधीशको सामुन्ने रुन थाले । पत्नी अनिता गोयल पनि बिरामी परेकी छिन् ।

गोयलले वृद्धावस्थामा यति ठूलो समस्या झेल्नुपर्ला भन्ने सोचेका पनि थिएनन् । उनका सबै सम्पत्ति रोक्का गरिएका छन् । उनी अहिले टाट अवस्थामा छन् ।

अदालतमा न्यायाधीशले गोयलको स्वास्थ्य अवस्थाबारे विचार गरिने बताए । जीवनको उत्तराद्र्धमा कुनैबेलाका अर्बपति टाट पल्टिएर यसरी रुनुपर्ला भन्ने सायदै सोचेका थिए होलान् ।

प्रतिक्रिया