५ मंसिर २०८१, बुधबार | November 20, 2024

राष्ट्रपति र प्रधानमन्त्रीलाई कठघरामा उभ्याउने दिन


January 7, 2024
1.2k
Shares

ध्रुव श्रेष्ठ: राष्ट्रपति किर्ते जालसाज र सबै गलत काम गर्नुहुन्छ । सरकार गरिब आमा वावुका छेराहरु लाई गोली ठोक्दै मार्दै जनताले तिरेको करबाट जम्मा भएको राजश्वको कोषवाट पैसा झिक्दै दश लाख तिर्दै राज्य शक्तिको चरम दुरुपयोग गर्दै कानून र वन्दुकको गलत प्रयोग गरेर राज्य आतंक मच्चाउॅदै छ । राष्ट्रपति ज्यु र प्रधान मन्त्री ज्यु, हजुरहरुलाई कानूनको कठघरामा उभ्याउने दिन अवश्य नजिकिंदैछ।

प्रधानमन्त्रीज्यू, हजुरको राज्य संयन्त्रमा रहेर पदाधिकारको दुरुपयोग गर्ने संवैधानिक निकायका प्रमुखहरु,आयुक्तहरु, आफ्नै विरुद्ध परेका अनगिन्ती उजुरीका पानाहरु पल्टाउनै नदिने सम्झौता गरी न्यायपालिकालाई नै वदनाम गराउने र आफ्नै असंवैधानिक नियुक्ति विरुद्ध परेका रिट निवेदन दर्तै गर्न नदिएर लाजै नमानि पेन्सन पट्टा हत्याएर घर जाने त कोही आफ्नै विरुद्धको आफैले रआफ्ना धुपौरेहरुले दर्ता हुन नदिएको रिट निवेदनले हॅासेर गिज्याइरहंदा पनि जॅुगामा ताउ लगाएर वस्ने हजुर हाम्रा प्रधान न्यायाधीशहरु , ललिता निवास, सगरमाथा राष्ट्रीय निकुन्ज, सर्दु जलाधार, धोविखोलाका सरकारी जग्गाहरु भू-माफियाहरु ले खाने मास्ने गरी आदेश फैसला गर्ने , पव्लिक कंपनिले मात्र धितोपत्र वोर्ड संचालन गर्न पाउने कानूनी व्यवस्था विपरीत प्राइवेट कंपनिले पनि धितोपत्रवोर्ड संचालन गर्न पाउने आदेश गरे लगत्तै विदा लिएर अमेरीका पुग्ने न्यायाधीशहरु, ठिमीको हनुमन्ते खोलाको सरकारी जग्गा अपचलन गर्ने र वाटो नभएको भैंसेपाटीको सीजी हिल्स हाउजिंग कंपनिलाई सरकारी पर्ति जग्गा नै निजी वाटोको रुपमा प्रयोग गर्न सक्ने गरी फैसला गर्ने उच्च अदालतका न्यायाधीशहरु, आफ्नै वावु आमा र दाजु भाईहरु जिवितै छंदाछंदै सन्तान नै जन्माइ नसकेका दम्पत्तिवाट जन्मेको हॅु भनि किर्ते नागरिकता निकाल्ने व्यक्तिलाई सहयोग पुग्ने आदेश फैसला गर्ने न्यायाधीश (पाल्पा जिल्ला अदालत), न्यायाधीशको नियुक्ति प्रकृया सुरु भएर नटुंगिंदै अष्ट्रेलीया, अमेरिका र जापान मा पुगी भुमिगत मिटिंग गरेपछि मात्र योग्य वकिल र न्यायाधीशहरुलाई नै मान मर्दन र अन्याय हुने गरी सिण्डीकेट संचालक वकिलहरुका फर्मवाट र न्यायाधीशमात्र नभएर कुनै खास वकिललाई सुयोग्य रमहंगा वनाई अरु वकिल र न्यायाधीशहरुमा पनि प्रभाव र हैकम मात्र होइन त्रास नै लाद्न सक्ने तेजश्वी परिषद सदस्य जो आफैमात्र कानुन र न्यायको मर्म वुझ्ने दम्भ वोक्छन् , ले आफ्नै निर्देशन शिरोपर गर्ने वहुसंख्यक जिल्ला र उच्च अदालतका न्यायाधीशहरुलाई राजनीतिकर आन्तरिक भागवण्डाकै प्राथमिकतामा न्यायपरिषदवाट गरे गराइएका विवादास्पद र आलोचित नियुक्ति र सिफारिशहरु समेतका अन्य राज्य संयन्त्रको पदीय जिम्मेदारीको दुरुपयोग गर्ने जो कोहीवाट भएका अन्याय र अत्याचारका विरुद्ध एक दिन कानूनि कारवाहिको विगुल वज्ने छ , सवै नालायक भ्रष्ट देशद्रोहीहरुलाई न्यायिक कठघरामा उभ्याइने छ र त्यो दिन नजिकिंदै छ।- सत्य र न्यायको खोजी अभियान ।

प्रतिक्रिया