२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भागवण्डाले मन्त्रिमण्डल विस्तारमा ढिलाई, दुई दिनभित्र विस्तार हुने उपप्रधानमन्त्री श्रेष्ठको दाबी


March 25, 2023
0
Shares

काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । एक महिनायता १६ मन्त्रालय एक्लैले सम्हाल्दै आएका उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएलगत्तै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । तर, त्यो अझै सम्भव भएन । कारण हो भागवण्डाको विवाद ।

राष्ट केन्द्र देखि प्रदेश सम्मको मन्त्रिमण्डलमा विस्तार र फेरबदलबारे छलफल भएपनि सत्ता गठबन्धनका दलहरुबीच कुरा मिल्न सकेको छैन । केन्द्र सरकारमा कुन दलले कति संख्या मन्त्रालय पाउनेबारे कुरा मिल्न सकेको छैन । शक्तिशाली मन्त्रालयहरुमा गठबन्धनका मुख्य दलहरुको दाबीले समस्या बनिरहेको छ । शिर्ष नेताहरुको बैठक बसेपनि निष्कर्ष निस्कन सकिरहेको छ ।

काँग्रेसले गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयसहित ८ मा दाबी गरेको छ । नेकपा एसले तीन, जसपाले कम्तिमा २, रास्वपाले तीन मन्त्रालयको दाबी गरेका छन् । अन्य दलहरुको पनि दाबी रहेको छ । यसले प्रचण्डलाई मन्त्रिमण्डल विस्तारमा समस्या परिरहेको छ ।

यता सरकारका उपप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने दाबी गरे । उनले ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त दाबी गरेका हुन् ।

प्रतिक्रिया