८ आश्विन २०८१, मंगलबार | September 24, 2024

नक्कली शैक्षिक प्रमाणपत्रधारी ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ


December 12, 2023
3.5k
Shares

काठमाडौं, २६ मंसिर । चरीबहादुर गहतराज आफूलाई सीबी गहतराजका नामले चिनाउँदै आएका थिए । इशाई धर्म प्रचार र त्यससँग गतिविधिमा उनको दशकौंयता सक्रियता रह्यो । उनी आफूलाई इशाई धर्मका नेपालमा सबैभन्दा प्रभावशाली व्यक्तिका रुपमा चिनाउँथे । तर, उनै सीबी गहतराजको शैक्षिक प्रमाणपत्र नक्कली भेटियो ।

गहतराजको प्रमाणपत्रको वास्तविकता बाहिर आउनुमा ख्रीष्टियन महासंघभित्रको विवाद पनि हो । पदका लागि विवाद भएपछि एउटा समूहले उनको भण्डाफोर गरिदियो ।

स्नातकको प्रमाणपत्र नक्कली बनाएर पत्रिकाको सम्पादक बनेको खुलेको छ गहतराजले । उनलाई प्रहरीले सप्रमाण मंगलबार अपरान्ह सिंहदरबारबाट पक्राउ गरेको छ । पशुपति क्याम्पसबाट स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली बनाएका छन् उनले ।

प्रतिक्रिया