८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

नेताहरुले १० अर्बमै देश बेच्छन्ः अमरेश सिंह


December 3, 2023
830
Shares

काठमाडौं, १७ मंसिर । स्वतन्त्र सांसद अमरेश सिंहले अहिलेका मुख्य नेताहरुले केही अर्बमै देश बेच्ने टिप्पणी गरेका छन् । एनसेल प्रकरणमा कर छलीमा नेताहरु नै संलग्न भएको ठोकुवा गर्दै उनले १० अर्ब पाएमा नै देश बेच्ने टिप्पणी गरेका हुन् ।

‘यही नेताको नेतृत्वमा देश बेचिन्छ,’ सिंहले भने, ‘५-१० अर्ब लिएर यही नेतृत्वले देश बेच्छ ।’ एनसेल प्रकरणमा माफियाबाट नेताहरु प्रभावित भएको बताए ।

नेताहरुले जनतालाई ठूलो धोका दिएको उनको भनाई थियो । जनताको सोझोपनमाथि नेताहरुले शोषण र अत्याचार गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा ठूलो भ्रष्टाचार भइरहेको सिंहले टिप्पणी गरे । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि संगठित भ्रष्टाचारमा संलग्न भएको बताए ।

देशलाई माफियाराज्य बनाउन खोजिएको सिंहले टिप्पणी गरे ।

प्रतिक्रिया