२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

टिकटक राष्ट्रिय सुरक्षामा खतरा बनेकै हो ?


November 14, 2023
0
Shares

काठमाडौं, २९ कात्तिक । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा मत अभिमत आइरहेको छ । सामाजिक सञ्जालमा खलल पुग्ने गतिविधि टिकटकबाट भएको कारण देखाइएपनि अन्य कारण पनि भएकाले सरकारले कठोर निर्णय लिएको बुझिएको छ ।

टिकटक नेपालमा निकै लोकप्रीय भएको छ । यो बन्द हुँदा यसमा प्रभाव बनाउनेहरु र आम्दानी गर्नेहरु धेरै समस्यामा परेका छन् । टिकटकबाट निम्न समस्या देखिएकोले सरकारले पछिल्लो निर्णय लिएको बुझिएको छ ।

सुरक्षा खतराः टिकटकमा समाजमा विवाद र द्वन्द्व बढाउने भिडियोहरु बढी पोष्ट भए । त्यसलाई हटाउने प्रयासमा सरकारी निकाय नै विफल भए । घृणा, द्वेष फैलाउने भिडियो समेत पोष्ट भए । जसले भविष्यमा देशभित्रको सुरक्षामा खतरा बढ्दै गएको थियो ।

आर्थिक नोक्शानीः टिकटकबाट गैरकानूनी आर्थिक गतिविधिहरु पनि कतिपय व्यक्तिले गर्न थालेका थिए । भ्रम फैलाउने गतिविधि हुँदा कतिपय व्यक्तिहरु ठगीमा परे । यसले आर्थिक समस्याहरु ल्याउन थालेको थियो ।

अपराधः टिकटकमा आउने सामाग्रीले आपराधिक गतिविधि बढेका थिए । एक अर्कालाई ठेस पुर्याउने सामाग्रीहरु पोष्ट हुने तर नहटाउने सम्मको गतिविधि भए ।

टिकटक भारत, अमेरिका, यूरोपलगायत विभिन्न देशमा बन्द नै गरिएको छ । यसले ती देशको सुरक्षामा खतरा बढाएको विषय नै वास्तविक कारण हो । विशेषगरी, सामाजिक सञ्जालका माध्यमले बलिया देशहरुले आफ्नो प्रभाव बढाउने र सुरक्षा चुनौती दिने गतिविधि गरे ।

सामाजिक सञ्जाललाई विभिन्न देशले हतियारका रुपमा प्रयोग गरेको पाइएको छ । यसकारण पनि यस्ता सञ्जालमाथि निगरानी राख्नुपर्ने देखेर सरकारले बन्द सम्मको निर्णय लिएको छ ।

प्रतिक्रिया