३ आश्विन २०८१, बिहिबार | September 20, 2024

विश्वकप क्रिकेटमा भारतलाई कस्ले रोक्न सक्ला ?


November 13, 2023
0
Shares

एजेन्सी, २७ कात्तिक । विश्वकप क्रिकेट २०२३ मा भारत लिग चरणको कुनैपनि खेल नहार्ने एकमात्र देश बनेको छ । उसले सबैभन्दा पहिले सेमिफाइनलको स्थान पनि सुनिश्चित गरेको थियो ।

भारतको बलरहरु सामु कुनैपनि क्रिकेट महाशक्तिका टोली लामो समय टिक्न सकेनन् । उसले ब्याटिङमा पनि शानदार प्रदर्शन गर्न सक्यो ।

विश्वपकको दाबेदार मानिएको दक्षिण अफ्रिकाले भारतसँग लिग चरणको खेलमा लज्जास्पद हार व्यहोर्यो । एक सय रन समेत पार नगरी दक्षिण अफ्रिकी टोली अलआउट भयो ।

भारतले अष्ट्रेलिया, न्युजिल्याण्ड जस्ता सेमिफाइनलको यात्रा तय गरेका टोलीलाई पराजित गर्न सक्यो ।

भारतले अब न्युजिल्याण्डसँग सेमिफाइनल प्रतिष्पर्धा गर्नेछ । घरेलु मैदान र त्यसमाथि स्टार खेलाडीले भरिएको भारतलाई पराजिन गर्न न्युजिल्याण्डलाई निकै कठिन छ ।

भारत र न्युजिल्याण्डको विजेताले दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ । सेमिफाइनलको यात्रा तय गरेका सबै टोलीलाई पराजित गरिसकेकाले भारतीय टोली उत्साही देखिन्छ । तर, खेलमा कुनैपनि बेला पासा पल्टन सक्छ ।

भारतलाई विश्वकप उचाल्नबाट रोक्न न्युजिल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता टोलीलाई कठिन छ । तैपनि, भारत ढुक्क भने भइनसकेको अवस्था छ ।

प्रतिक्रिया