६ आश्विन २०८१, आइतबार | September 22, 2024

काँग्रेसको चीयापानमा प्रचण्ड, ओली, माधव देखि रविसम्म पुगे (तस्बिरहरु)


October 28, 2023
0
Shares

काठमाडौं, ११ कात्तिक । नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाको दिन पारेर आयोजना गरेको चीयापानमा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिति देखियो । मुख्य दलका नेता देखि व्यवसायी र शुभचिन्तकहरु पनि सानेपास्थित केन्द्रीय कार्यालको कार्यक्रममा पुगेका थिए ।

चीयापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुग्दा चासो बढेको थियो । उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितका प्रभावशाली नेताहरु पछि लगाएर एकैसाथ पुगेका थिए ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चीयापानमा पुगेका थिए ।

काँग्रेसले वीपी कोइराला सभापति हुँदा देखि कोजाग्रत पूर्णिमामा चीयापान गर्दै आएको छ ।

प्रतिक्रिया