२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मुगुमा एकै परिवारका आमा र तीन बालबालिकाको हत्या


October 27, 2023
0
Shares

काठमाडौं, १० कात्तिक । मुगुमा एकै परिवारका चारजनाको हत्या भएको छ । प्रहरीका अनुसार हत्या गरिएकामा आमा दुई छोरा र एक छोरी छन् ।

जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ६ को मन्दु गाउँको एक घरमा उक्त घटना भएको हो । हत्या गरी ताल्चा लगाएको अवस्थामा शव फेला परेको हो ।

हत्या गरिएकाहरुमा २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा छन् । शुक्रबार विहान उनीहरुको हत्याको जानकारी प्रहरीले पाएको थियो ।

कात्तिक ७ गते श्रीदेवी एउटै वडामा रहेको कोटिल्ला गाउँको माइतीघरमा टीका लगाउन गएकी थिइन् । ८ गते फर्किएकी उनी नदेखिएपछि छिमेकीले चासो राखेका थिए । माइती गएको धेरै दिन भएको ठानेर सोध्दा ८ गते नै फर्किइसकेको जानकारी पाएपछि घरमा हेर्दा शव भेटिएको थियो ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । हत्या कस्ले के कारणले गर्यो भन्नेबारे प्रहरीले अनुसन्धान बढाएको छ ।

प्रतिक्रिया