३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दशैंमा भूकम्प प्रभावित परिवारको सेवामा खटियो प्राज्ञिक विद्यार्थी परिषद्


October 20, 2023
0
Shares

काठमाडौं, ३ कात्तिक । सबैलाई दशैंको रमझमले छोएको छ । तर, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका कार्यकर्ता भने दशैंमा पनि सेवा कार्यमा सक्रिय छन् ।

प्राज्ञिकले बझाङको दुर्गाथली गाउँपालिकाका भूकम्प प्रभावित घरपरिवारलाई कम्बल वितरण गरेको छ । बिहिबार ११० घरपरिवारलाई परिषद्का सुदूरपश्चिम प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, राष्ट्रिय सचिव दिवस पोखरेल, केन्द्रीय सदस्य बिरजित बोहरालगायतको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो ।

प्राज्ञिकले देशव्यापी रुपमा सेवा कार्यलाई गति दिदै आएको छ । देशभरका हजारौं विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।

प्रतिक्रिया