८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

नेपाललाई ऋणमा डुबाउन सक्ने बीआरआई ल्याउन यी किन आतुर ?


October 19, 2023
0
Shares

काठमाडौं, २ कात्तिक । नेपालमा चिनियाँ विकास परियोजना ब्रिक एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा केही नेता, कर्मचारी र सामाजिक अभियन्ता आतुर छन् । सरकारले ऋणमा बीआरआई नलिने स्पष्ट पारेपनि आफ्नै देशलाई ऋणको भारी बोकाउन केही नेता लागिपरेका छन् । उनीहरुको ओहोरदोहोर बाक्लिएको छ चीनमा ।

बीआरआईको पक्षमा लबिङ गर्दै आएकामा कम्युनिस्ट नेताहरु अगाडि छन् । एमाले नेताहरु मात्र नभई नेकपा एसका नेताहरु पनि मरिमेटेर लागेका छन् । माओवादी नेताहरु पनि यसमा अगाडि छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली ६ वर्ष अघि प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भएको थियो । प्रचण्डले भने बीआरआई कार्यान्वयनमा आतुरता देखाएका छैनन् ।

माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, एमाले नेताहरु शंकर पोखरेल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, खनालनिकट डा. युवराज संग्रौलालगायत यसको पक्षमा उभिएका छन् । उनीहरु कुनै हालतमा बीआरआई ल्याउनुपर्ने अडानमा छन् ।

चीनमा बीआरआईसम्बन्धी सम्मेलनमा नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, युवराज संग्रौलालाई निम्तो गरिनु अर्थपूर्ण छ ।

बीआरआई आएमा ठेक्कापट्टा देखि विभिन्न आर्थिक गतिविधिमा उनीहरुले लाभ लिन सक्नेछन् । पोखरा एयरपोर्ट बनाउँदा माधव नेपाल र झलनाथ खनालले राम्रै फाइदा गरेको चर्चा चलिरहेको छ । ठेक्कापट्टामा उनीहरु निकटस्थ नै हावी भएका थिए ।

बीआरआई परियोजना ल्याउँदा दिवंगत कम्युनिस्ट नेताहरुको नाममा परियोजनाहरु बढाउने रणनीति पनि बनेको देखिन्छ । राज्यले ऋण लिएर केही नेताको नाम राखेर उनीहरुकै सिद्धान्त अपनाएकाहरुलाई लाभ दिने गरी बीआरआई ल्याउन लागिएको भेउ पाएर नेपाली काँग्रेस भने सतर्क बनेको छ । प्रचण्ड अमेरिका र भारत रिसाउला भनेर बीआरआई ल्याइहाल्ने पक्षमा देखिदैनन् । यसैले उनी त्यसबारे कुनै कदम बढाउन तयार भएनन् ।

प्रतिक्रिया