३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपालभित्र बढ्दैछ इस्लामिक अतिवाद 


October 12, 2023
0
Shares
कृष्ण हुमागाईं: नेपाल केही वर्षदेखि इस्लामीक अतिवादीहरूले याेजनाबध्द  रूपमा हिन्दूहरू माथि आक्रमण गरिएका छन् । हिन्दूहरूकाे चाडपर्वलाई लक्ष्यित गर्दै आक्रमणकाे गतिविधि गरिरहेका छन् ।
उत्तर प्रदेश, बिहार र पश्चिम बंगालसँग जोडिएको नेपाल-भारत सीमानामा विगत तीन वर्षभित्र मस्जिद र मदरसाहरूको संख्या आश्चर्यजनक रूपमा वृद्धि भएको  र हिन्दू धर्मावलम्बीहरू माथि निरन्तर रूपमा आक्रमण भइरहेको हिन्दू सन्तहरूले बताउदै आइरहेका छन् ।
सरकारलाई यश घटनाकाे विषयमा पटक पटक सचेत र खबरदारी गर्दा पनि सरकार स्वयंम नै यस्तो आक्रमणकाे घटना प्रती माैन बसेर भित्रि रूपमा समर्थन गरिएको हाे कि भन्ने आशंका उत्पन भइरहेको एक हिन्दुवादीहरूले बताएका छन् ।
नेपालकाे सीमासँग जोडिएका १० किलोमिटर क्षेत्रभित्र निरन्तर रूपमा मस्चित  र मदरसा वृद्धि भइरहेको र त्यसभित्र  शिक्षा र प्रथना भन्दा पनि समाजमा कसरी हिन्दुहरू माथि आक्रमण गर्ने भनेर प्रशिक्षण हुने गरेकाे केही त्यश क्षेत्रका पिडित हिन्दुहरूले बताउदै आएका छन् । साथै त्यस  क्षेत्रका केही भागहरूमा जनसांख्यिक सन्तुलनमा पनि  परिवर्तन भइरहेको २०७८ काे जनगणनाले  देखाएको छ । मुस्लिम जनसङ्ख्या वृद्धि हुँदा अतिवाद र असहिष्णुता बढ्ने गरेको तथ्य छ हाम्रो छिमेकी देश भारत र नेपालका सिमार्वती जिल्लाहरूमा देखिन्छ ।
उदाहरणका लागि गत वर्ष रौतहटको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती मुर्तिलाई विसर्जन गर्न जाँदा कुटपिटका घटना भयो। यस वर्ष महोत्तरीमा सरस्वती मुर्ति विसर्जन गरिँदा र केही पहिला सर्लाहीमा गणेश र विश्वकर्माको मूर्तिलाई विसर्जन गर्दा भएका हिंसात्मक घटनाक्रम हरूले उनको मनोविज्ञानलाई दर्साउँछ। त्यसैगरी  कपिलवस्तु, पर्सा, रौतहट, महोत्तरी र सुनसरी जिल्लाहरूमा समेत इस्लामिक अतिवादबाट गम्भिर परिस्थिति बन्न सक्ने देखिन्छ संकेतहरू उनिहरूले देखाइरहेका छन् ।
साथै केही दिन अगाडि एक युवालाई आउने दिनमा नेपालगञ्जमा सामाजिक संजालमा एक पाेष्ट गरेकै भरमा सिर तन सेनसे दुधा भन्दै साेमवार  युवालाई आक्रमण गर्ने र जिल्ला प्रशासन कार्यालय घेरेर प्रशासनलाई नै चुनाैती दिने घर जि.प्रकाे वार्दालिमा बसेर भाषण गरेकाे भिडियो र तस्वीरहरू बाहिर आए  साथै हिन्दूहरू माथि आक्रमण गर्ने र डर र धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि पनि भए  । असाेज १६ मा  हिन्दुहरूले निकालेकाे शान्तिपूर्ण र्यालीमा ढुङ्गा मुडाकाे बर्षात भयाे र दाेहाेराे झडप पनि भयाे त्यहाँ  दर्जनौं हिन्दूहरू  गम्भीर घाइते भए । त्यस घटना पछि एक हप्ता भन्दा बढि कडा कर्फ्यु पनि लागू भयो र यतिखेर जनजीवन सामान्य बन्दै गइरहेको छ ।
सरकार सय विषयमा उल्टै अतिवादी समुहलाई संरक्षण गर्दै अपराधीक क्रियाकलाप गर्नेहरूलाई बल पुग्नेगरि हिन्दुहरूलाई दबाउने र दाेषि देखाउने कार्यमा लागिरहेको देखिन्छ । साथै सरकार मात्र हाेइन नेपालका राष्ट्रिय मिडिया हाउसहरू धरानदेखि नेपालगञ्जसम्म भएको सम्पूर्ण घटनामा दाेषीहरू हिन्दु नै हुन हुन्दुहरूले नै कसैकाे इसारामा द्वन्द्व मच्चाउन खाेजि रहेका छन भन्ने सन्देश दिनेगरी विभिन्न समाचार र भिडियो रिपोर्टहरू बजाए ।
अझ भन्नू पर्दा  केही मिडिया नेपालमा हिन्दुत्वमाथि निरन्तर प्रहार गरिनै रहेका छन् । तर याे कुराे बुझन सक्दैनन कि जति प्रहार गरेपनि जनता सचेत भइरहेका छन् भन्ने कुराे ।
नेपाली र नेपाल सरकारले जुन घटना धरानबाट सुरू भयो त्यसकाे पछाडि बाहिरी शक्ति २ सय वर्षलेखि निरन्तर लागि रहेका छन् । साथै नेपालगञ्जकाे घटनामा भारतमा आतंकवादि गतिविधिमा संलग्न मुसलमानहरू नेपाल छिरेर त्यहाँ दङ्ग भडकाउन खाेजिएकाे आराेपमा ४ जनालाई भारतीय प्रहरीले समात्याे पनि । तर नेपाली समाचार माध्यममा भने भारतकाे संस्थापन पक्षले नेपालमा धार्मिक द्वन्द्व नित्याउन खाेजिदै छ भन्ने भाष्य निर्माण गर्न खाेजिएकाे छ । जुन सरासर गतल हाे किन भने नेपालका वैदिक सनातन धर्मावलम्बीहरूलाई जाग्नलाई कुनै बाहिरी शक्तिकाे आवश्यकता पर्दैन किन कि याे घटना सुरू गर्नेहरू गैह्र हिन्दु र सनातन धर्मविराेधि व्यक्तिहरूले धरानमा हिन्दुहरूले पुज्ने नेपालका राष्ट्रिय जनावर गाैहत्या गरी चुनाैती दिदै खाए, हिन्दुविराेधि गतिविधि गरे, सर्लाहीको मलंगवामा हिन्दुकाे पर्वमा हिन्दुहरू माथि मुसलमानहरूले आक्रमण गरे , नेपालगञ्जमा पनि फेक आडिमा लेखिएको विषयलाई लिएर राष्ट्रिय सुरक्षामा चुनाैती दिदै जिल्ला प्रशासन कार्यलयमा इस्लामीक झण्डा फहराइयाे र हिज्दुहरूले मार्ने धम्की दिइयाे याे सम्पूर्ण घटनामा हिन्दुहरूलाई दमन गर्ने कार्य गरेका छन् । अनि कसरी हिन्दू चुप लागेर बस्न सक्छन् ?
जब जब हिन्दुहरू माथि सुनियोजित रूपमा आक्रमण हुन्छ तब तब हिन्दुहरू माैन बस्ने कुरै भएन । यसैकाे परिणाम स्वरूप हिन्दुहरू प्रतिकारमा उत्रिएका हुन । तर यसरी स्वत्: स्फुर्त रूपमा प्रतिकारमा उत्रिएका हिन्दुहरूकाे विशाल जमातलाई देखेर भारतले परिचालन गर्याै भन्ने भ्रम समाजमा छर्न खाेजियाे ।   यसबाट सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीहरू सचेत हुनु पर्ने देखिन्छ ।
यति मात्र हाेइन प्यालेस्टाइनकाे आतंकवादि समूह भनेर चिनिने हमासले इजरायलमा रकेट आक्रमण गरेपछि सुरू भएको दुई देशबिचकाे द्वन्द्वमा खुलेर नेपालमा सरकारकाे गरेकाे समर्थनकने निर्णय  विरूद्धमा नेपाल भित्र रहेका अतिवादी समुहरूले आतंकवादि समुहलाई समर्थन गरिएका छन् ।   यसाे  हुँदा झन्नै नेपाल भित्र त्यस विषयलाई लिएर अर्को द्वन्द्व चर्किने त  हाेइन भन्ने आशंका पैदा भइरहेको छ । उता आतंकवादि समुहले १० जना नेपाली विद्यार्थीहरूलाई मारेर दर्जनौं नेपालीहरूलाई अझै पनि बन्धक बनाइ राखेका छन् । यता आफुलाई बुद्धकाे देशमा जन्मिएका शान्ति प्रेमि भन्ने व्यक्तिहरू खुलेर साेही आतंकवादि समुहरूकाे समर्थनमा उत्रिनु कधापि नेपालका लागि राम्रो संकेत हाेइन ।
तसर्थ सरकारले नेपालमा हुने विभिन्न किसिमका सामाजिक, जातीय, नस्लिय र धार्मिक द्वन्द्व निम्त्याउने भित्री  अराजक परिचालित तत्व र कारकहरूलाई समयमै पहिचान गरी दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा जानू आवश्यक छ । अन्यथा नेपालले ठुलो क्षति बेहोर्नु पर्ने परिस्थिति सिर्जना हुँदै छ ।

प्रतिक्रिया