८ आश्विन २०८१, मंगलबार | September 25, 2024

भीम उपाध्यायले गरे शब्दकोषबाट ॐ हटाउने कार्यमा संलग्नलाई सार्वजनिक बहिष्कार गर्न आव्हान


September 24, 2023
0
Shares

काठमाडौं, ७ असोज । पूर्वसचिव भीम उपाध्यायले नेपाली शब्दकोषबाट ॐ हटाउने कार्यमा संलग्नहरुलाई सार्वजनिक बहिष्कार गर्न आव्हान गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै २०६९ असारमा यो निर्णय भएकाले जिम्मेवार अधिकारी एवं संलग्न तत्कालीन जिम्मेवार पदाधिकारीहरुलाई सार्वजनिक बहिष्कारको आव्हान गरेका हुन् ।

उपाध्यायले ॐ हटाउन जिम्मेवारहरुको नाम नै सावजनिक गरेका छन् । जसमा १३ व्यक्तिहरु छन् । तीमध्ये तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा, तत्कालीन शिक्षा सचिव किशोर थापा, तत्कालीन शिक्षा मन्त्रालयका सहसचिवहरु डा. लवदेव अवस्थी र दिवाकर ढुंगेल, उपसचिवहरु कमलप्रसाद कर्माचार्य, पाठ्यक्रम विकास केन्द्रका तत्कालीन कार्यकारी निर्देशक खगराज बराल, उपनिर्देशक गणेश भट्टराई, सम्पादन तथा प्रकाशक नाखाका अधिकृत हरिप्रसाद निरौला, केन्द्रको अनिवार्य नेपाली विषय समितिका अध्यक्ष देवीप्रसाद गौतम, त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशवकुमार श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति गंगाप्रसाद उप्रेती र प्रकाशन शैली २०६३ का संयोजक प्रा.डा. हेमाङ्गराज अधिकारी छन् ।

नेपाली शब्दकोषबाट ॐ हटाइएकोमा सर्वत्र आलोचना भइरहेको छ । यसलाई हिन्दुमाथिको आक्रमणको रुपमा लिइएको छ ।

प्रतिक्रिया