८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

ठमेलको ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन


September 22, 2023
0
Shares

काठमाडौं, ५ असोज । ठमेलको ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन गरिएको छ । शुक्रबार छायाँदेवी कम्प्लेक्स अगाडि सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सर्वोच्च अदालतबाट न्याय सम्पादनमा ढिलाई नगरी फैसलाको अनुरोध पनि गरे ।

छायाँ कम्प्लेक्सबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तीसौं पटक पेशी भएपनि फैसला नभएको र असोज ७ गते ३१औं पटक पेशी तोकिएको भन्दै सम्पदा विनास नहुने गरी न्यायको आशा व्यक्त गरिएको छ ।

लिच्छवीकालिन ठमेलको पोखरी रहेको तथ्यहरु प्रमाणित भएपछि छायाँ कम्प्लेक्सका शेयरधनी र सञ्चालकहरुले अदालतमा पेशी सार्दै फैसला धकेल्दै लगेका छन् । पोखरी माँस्न वर्षौसम्म योजना बनाइएको र शक्तिशाली व्यक्तिहरु मिलेर शेयर हात पारेर १५ तल्ले भवन ठड्याएको खुलिसकेको छ ।

छायाँ कम्प्लेक्स बनाउन पृथ्वीबहादुर पाण्डेको मुख्य भूमिका देखिएको छ । त्यसबाहेक पूर्वअर्थमन्त्री रामशरण महतका परिवार, पूर्वसेनापति प्रज्ववल शमशेर राणालगायत शक्तिशाली व्यक्तिहरु पनि संलग्न देखिएका छन् । उनीहरुको छायाँ सेन्टरमा लगानी देखिन्छ ।

प्रतिक्रिया