भारतलाई आठौंपटक एशियाकप
एजेन्सी, ३१ भाद्र । भारतले श्रीलंकालाई पराजित गर्दै आठौंपटक एशिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको खेलमा श्रीलंकामाथि १० विकेटको जित निकाल्दै भारत विजेता बनेको हो ।
भारतका बलर मोहम्मद सिराजले सनसनीपूर्ण प्रदर्शन गरी श्रीलंकालाई ५० रनमै अलआउट गरेका थिए । उनले २१ रन खर्चिएर ६ विकेट लिए । जसमध्ये ४ विकेट एउटै ओभरमा लिएका थिए । हार्दिक पाण्डेले ३ विकेट लिए ।
श्रीलंका भारतसँग यति सस्तैमा पहिलोपटक अलआउट भएको हो । श्रीलंकाका ब्याट्सम्यानहरु भारतका बलरहरु सामु निरिह भए ।