८ मंसिर २०८१, शनिबार | November 23, 2024

दशैं नजिकिंदा चिनीमा कालोबजारी


September 15, 2023
0
Shares

काठमाडौं, २९ भाद्र । दशैं नजिकिदै गर्दा चीनीमा चलखेल भएको छ । व्यापारीहरुले अभाव देखाएर कालोबजारी गर्न थालेका छन् । जसका कारण चिनीको मूल्य आकाशिएर प्रतिकेजी १४० पुगेको छ ।

सरकारले कालोबजारी नियन्त्रणमा निरिहता देखाएको छ । मन्त्रिपरिषद्बाट साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी २० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको छ ।

देशमा चिनी मात्र नभई अन्य खाद्य पद्धार्थको पनि कालोबजारी सुरु भइसकेको छ । जसका कारण दशैंतिहारमा महङ्गी आकाशिने देखिएको छ ।

प्रतिक्रिया