५ आश्विन २०८१, शनिबार | September 21, 2024

बालेन साह चीनसँग असन्तुष्ट, ५ दिने भ्रमण रद्दको घोषणा


August 31, 2023
0
Shares

काठमाडौं, १४ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह छिमेकी मुलुक चीनसँग असन्तुष्ट भएका छन् । उनले बिहिवार सामाजिक सञ्जालमार्फत् चीनको निमन्त्रणमा हुने तय भएको भ्रमण रद्दको घोषणा समेत गरेका छन् ।

बालेन साहले चीनले जारी गरेको नयाँ नक्शामा नेपालको चुच्चे नक्शा समावेश छैन । चीनले नेपालको नयाँ नक्शालाई बेवास्ता गरेर संवेदनशीलतामाथि गलत कदम चालेको तर्क गरेका छन् ।

नेपालले २०७७ को जेठ ७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नयाँ नक्शा जारी गरेको थियो । उक्त नक्शामा उल्लेख ती भूभाग भारतको नियन्त्रणमा छन् । तर, चीनले पनि नेपाललाई नयाँ नक्शामा साथ दिएको देखिएन ।

चीनले जारी गरेको नयाँ नक्शामा नेपालको चुच्चे नक्शा नपरेकोमा चीनसँग सुमधुर सम्बन्ध रहेको भनिएका कम्युनिस्ट दलहरु भने केही बोलेका छैनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्,’हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

प्रतिक्रिया