जनैपूर्णिमा मनाइँदै
काठमाडौं, १४ भाद्र । देशभर हिन्दूहरुले जनैपूर्णिमा मनाइरहेका छन् । आज विहानै हिन्दू धर्मालम्बीले स्नान गरी गुरु पुरहितबाट रक्षासूत्र बाधिरहेका छन् ।
तागाधारीले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेका छन् । यसबाट नकारात्मक तत्वबाट सुरक्षित रहने धार्मिक विश्वास छ ।
आजै रक्षाबन्धन पनि हो । गाइजात्रा पनि आजै परेको छ ।