आर्य को हुन् र आर्य धर्म के हो
रोशण शाहा: भाषिक वा धार्मिक एवम् ऐतिहासिक प्रमाणहरूका आधारमा ‘आर्य’ मानवको श्रेष्ठतम् उच्चगुण भएका सभ्य, सत्यआचरण गर्ने कुलिनलाई आर्य भनेको पाउँछौ तर हाल नेपालको संविधानमा नै आर्य भनेको कुनै जाति वा सम्प्रदाय मात्रै भएको किटान गरिएको छ । यसरी किटानी गरी आर्य भन्दा किटानी गरेका भन्दा बाहिरकाहरू आर्य हैनन् वा हुनसक्दैनन् भन्ने बुझिन्छ । आर्यवर्तका सबै आर्य हुनुपर्ने हो या श्रेष्ठतम् उच्चगुण भएका सभ्य, सत्यआचरण गर्ने जति सबै आर्य हुनुपर्ने हो, हैन र
कि नियतवस् आर्य शब्दको अर्थको मर्मलाई गिजोल्न निश्चित जात सम्प्रदायलाई मात्र आर्य भनेको त हैन 
पूर्वीय सनातन धर्म संस्कार परम्परामा ‘आर्य’ शब्द धेरै स्थानमा प्रयोग भएको पाउँछौँ । हिन्दूहरूमा मात्र आर्य शब्दको प्रयोग सीमित छैन । बौद्ध धर्ममा पनि जीवनका मूख्य चार सत्यलाई ‘आर्य सत्य’ भनिन्छ । बुद्धको शिक्षालाई ‘आर्य धर्म’ भनिन्छ । नाथ परम्परामा मक्षेन्द्र नाथलाई आर्य अवलोकितेश्वर भनिन्छ । अत: अमुक जाति सम्प्रदायलाई मात्र आर्य भनेर संविधानमै लेख्ने को होला
के सदनमा कुनै बौद्ध मार्गीहरू थिएनन् होला त
यसरी कुनै जात सम्प्रदायलाई मात्र आर्य भनी लेख्दा …
कि आर्य भनेको जात मात्र हैन भन्ने बुझेकै कोही पनि थियनन् होला त सदनमा…
अवश्यनै थिए होला…, किन लेखियो त
कि संविधान नै कतै बाट फ्याक्स भएर आएको त हैन
यसरी कुनै जात समुहलाई मात्रै किटानी गरेर आर्य भन्दा आर्य शब्दको अर्थ एवम् मर्ममा आघात भएन र
किन कुन नियत ले यसरी आर्यको मर्मलाई सङ्कुचित पारीयो होला…
हाम्रा सबै भाषाहरूको मातृभाषा संकृत भाषालाई विस्थापित गरी हाम्रा सबै भाषाहरूमा आघात पुर्याउन संस्कृतलाई पाठ्यक्रमबाटै विस्थापित गरेकाले अङ्ग्रेजी भाषाको प्रभावमा परेकाले आर्य शब्दको अर्थ बुझ्न नसकेको भन्ने पनि ठाउँ छैन, अङ्ग्रेजी शब्दकोशमा पनि आर्यन शब्द छ, तेहाँ पनि आर्यको अर्थ भेटिन्छ …
यावत् कुराहरू हेर्दा आर्य शब्दको संज्ञान नलियरै आर्य लेखेको देख्दा पनि यो संविधान नै आयातित हो कि …
भन्ने संशय दृढभएर आउँछ ।
आर्य;
सनातन देखि मानवको श्रेष्ठतम् उच्चगुण भएका सभ्य, सत्यआचरण गर्ने कुलिनलाई सम्मानमा ‘आर्य’ भनिएको देखी देखी, आर्य शब्दको अर्थ मर्म नै सङ्कुचित गर्न अहिले आर्यका कुनै मानवशास्त्रीय, ऐतिहासिक वा पुरातात्विक प्रमाणहरू अवस्थित छैनन् भनि अर्थ्याउँदै कुनै एक सम्प्रदाय वा नश्ललाई मात्र जनाउने एउटै सम्प्रदायका केहि जाति सूचक शब्द मात्र हो भन्नु किमार्थ मुनासिब हैन ।
‘आर्य’ को अर्थ;
आर्य = श्रेष्ठतम् उच्चगुण भएको सभ्य, सत्यआचरण गर्ने, देवता
आर्या = श्रेष्ठतम् उच्चगुण भएकी सभ्य, सत्यआचरण गर्ने, देवी
भार्या = विवाहित स्त्री, श्रीमती
आचार्य = आचरण आर्यको जस्तो श्रेष्ठ भएका (शिक्षक)
आर्यवर्त = आर्यहरूको निवास क्षेत्र (देवभूमी)
हेरौँ धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा कस्लाई ‘आर्य’ भनिएको छ;
प्रतिक्रिया

