२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पेट्रोलियम व्यवसायी संघ नेपालको सक्रियता बढ्यो, नेको इन्स्योरेन्ससँगको सहकार्यमा ट्रान्जिट बीमा


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । पेट्रोलियम व्यवसायी संघ नेपालले ट्रान्जिट बीमाको व्यवस्था गरेको छ । नेको इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरी संघले गरेको बीमामा पेट्रोलियम ढुवानी गर्दाटैंकर दुर्घटना भई पेट्रोलियम पद्धार्थमा हुने क्षतिको जोखिम बहन समेत समावेश छ ।

बीमासँगै पेट्रोलियम व्यवसायी संघको सक्रियता बढेको छ । संघका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ता र महासचिव आत्माराम थापाले जारी गरेको विज्ञप्तिमा आम उपभोक्ताहरुको सेवालाई केन्द्रमा राखेर पेट्रोलियम पद्धार्थका कारोबार गर्ने नेपाल आयल निगमका आधिकारिक विक्रेताहरुको छाता संगठनका रुपमा व्यवसायीहरुको हक हितमा पनि विशेष ध्यान दिने भनिएको छ ।

पेट्रोलियम व्यवसायी संघ, नेपाल यसै वर्षको असार ११ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो ।

संघको अध्यक्षमा केदार प्रसाद पाठक, कार्यवाहक अध्यक्षमा राजेन्द्र गुप्ता, महासचिवमा आत्माराम थापा, सचिवमा प्रविण नायभा श्रेष्ठ, कोषाध्यक्षमा सीता केसी र सदस्यहरुमा पुन्यराम बखाड्रयो, उमेश वानीया, अनिश खत्री, अशोक गुरुङ, चोपनारायण श्रेष्ठ, मनोजकुमार दास र सरोज पाण्डे छन् ।

प्रतिक्रिया