२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

किन नेपाल आइन् भाजपा अध्यक्ष जेपी नड्डाकी पत्नी मल्लिका नड्डा


August 11, 2023
0
Shares

काठमाडौं, २६ साउन । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाकी पत्नी डा. मल्लिका नड्डा अचानक नेपाल आएकी छिन् । उनी शुक्रवार जेपी नड्डाबाहेक परिवारका सदस्यसहित काठमाडौं उत्रिएकी हुन् ।

मल्लिकाले शनिवार विहान पशुपतिनाथको विशेष पूजा गर्ने तय भएको विश्वस्त स्रोतले नेपाल पेनलाई बताएको छ ।

मल्लिका हिमाञ्चल विश्वविद्यालयमा इतिहासकी प्राध्यापक हुन् । लो प्रोफाइलमा रहेर महत्वपूर्ण जिम्मेवारी निभाएकी छिन् भारत सरकारको ।

उनकी माता जयश्री बेनर्जी लोकसभा सदस्य थिइन् । विगतमा मन्त्री पनि भइन् । पिता सुवास चन्द्र बेनर्जीको भारतको मध्यप्रदेशस्थित जवालपुरमा प्रभाव रहेको छ ।

विद्यार्थी कालमा मल्लिका अखिल भारतीय विद्यार्थी परिषदकी राष्ट्रिय संगठन सचिव नै भइन् । राजनीतिमा कम सक्रिय रहेर जेपी नड्डालाई सहयोग गरिन् । उनी स्पेसल ओलम्पिक इन्डियाकी अध्यक्ष पनि रहिन् ।

बेटी बचाओ बेटी पढाऔं अभियानमा पनि मल्लिाकाको विशेष भूमिका थियो । यसकारण उनी भारतको राजनीतिमा प्रभावशाली मानिन्छिन् ।

प्रतिक्रिया