१० मंसिर २०८१, सोमबार | November 25, 2024

सुन तस्करी प्रकरणमा बेल्जियमका नागरिक पक्राउ, टोखामा सुन पगाल्ने कारखाना


0
Shares

काठमाडौं, १४ साउन । सय केजी सुन तस्करी प्रकरणमा बेल्जियमका नागरिक पक्राउ परेका छन् । आइतवार राजश्व अनुसन्धान विभागको टोलीले बेल्जियमका नागरिक दावा छिरिङलाई गिरफ्तार गरेको हो ।

विभागका अनुसार छिरिङको साथबाट बेल्जियमको पासपोर्ट बरामद भएको छ । उनी हङकङबाट नेपालमा सुन तस्करी गर्ने समूहको सदस्य रहेको पत्ता लागेपछि पक्राउ परेका हुन् ।

अहिलेसम्म सय केजी सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परिसकेका छन् । हङकङबाट ब्रेक शुमा लुकाएर २ साउनमा सुन नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्राइएको थियो । ३ साउनमा भन्सार चेकप्वाइन्टबाट कटेपछि सुन राजश्वर अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।

सुन तस्करी प्रकरणले देशको राजनीतिलाई समेत तरंगित पारेको छ । विपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद बैठक चल्न दिएको छैन । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको छ ।

प्रतिक्रिया